चोकर र दाना आपूर्ति सम्बन्धी सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना/तेस्रो पटक

प्रकाशित मिति: २०२१-१२-२३

 

प्रदेश सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

बाख्रा विकास फार्म

चित्लाङ , मकवानपुर

बागमती प्रदेश

सूचना नं.GOODS 02/078-079

प्रकाशित मितिः207८/09/08 गते

        बाख्रा विकास फार्म मकवानपुरको आ.व.207८/07९ को स्वीकृत कार्यक्रम अनुसार तपशिल उल्लेखित चोकर र दाना आपूर्ति कार्य सिलबन्दी दरभाउ पत्रको माध्यमबाट गराउनु पर्ने भएकाले नेपाल सरकारबाट इजाजत प्राप्त व्यवसायीहरुबाट निम्न शर्तहरुको अधिनमा रहि रितपूर्वकको शिलबन्दी दरभाउ पत्र आव्हान गरिएको छ।

तपशिलः

१. यो सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित भएको मितिले १५(पन्ध्र) दिनसम्म कार्यालय समय भित्र निर्धारित राजश्व मूल्य तिरी(पछि फिर्ता नहुने) सिलबन्दी दरभाउ पत्र फारम खरिद गर्न रु.१० को टिकट टाँसी लिखित निवेदनको साथमा आयकर दर्ता प्रमाण पत्र,संस्था दर्ता प्रमाण पत्र र आ.व.207७/07८ को कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपी पेश गरी यस कार्यालयबाट खरिद गर्न सकिने छ।

2. खरिद भएका सिलबन्दी दरभाउ पत्र १६ (सोह्रौ) दिन दिनको १२:00 बजे भित्र यस कार्यालयको नाममा सम्बोधन गरी सिलबन्दी दरभाउ पत्र दर्ता फर्मको नाम र ठेगाना स्पष्ट खुलाई फर्मको छाप लगाई सूचना नं. अनुसार काम विवरण उल्लेख गरी लाहाछाप लगाई यस कार्यालयमा दर्ता गर्न सकिने छ ।

3. दरभाउपत्र साथ आफूले कबोल गरेको अंकको करिब 3%(तीन प्रतिशत) ले हुने धरौटी जमानत बापतको रकम प्रदेश लेखा नियन्त्रण कार्यालय (कोड नं.3050132013) मकवानपुर राष्ट्रिय बाणिज्य बैंक मकवानपुरमा रहेको धरौटी खाता नं.1३00100202030000 मा धरौटी रकम जम्मा गर्नुपर्ने छ।

4. सिलबन्दी दरभाउपत्रमा दररेट अंक र अक्षर दुबैमा स्पष्ट लेख्नुपर्ने छ।अंक र अक्षर बीच फरक परेमा अक्षरलाई मान्यता दिइनेछ।केरमेट भएको स्पष्टसँग दस्तखत भएको हुनुपर्ने छ।

5. दरभाउपत्रमा उल्लेखित सबै आइटमहरुको जम्मा रकम कुल जम्मा उल्लेख गर्नुपर्ने छ।

6. म्याद भित्र दर्ता भएका दरभाउपत्र १६(सोह्रौं)  दिनको 3:00 बजे पछी साक्षी प्रतिनिधि,कार्यालय प्रतिनिधि,फर्म वा प्रतिनिधिको रहोवरमा यस बाख्रा विकास फार्म चित्लाङ मकवानपुरमा खोलिने छ।फर्म वा प्रतिनिधि उपस्थित नभएमा उक्त कार्य गर्न बाधा पर्ने छैन।

7. दरभाउपत्र फारम दर्ता गर्ने र खोल्ने अन्तिम दिन सार्वजानिक विदा परेको खण्डमा त्यसको लगतै भोलिपल्ट कार्यालय खुलेको दिन उक्त कार्यहरु गरिने छ।

8. म्याद नाघी आएको वा रित नुपुगी आएको दरभाउपत्र उपर कुनै कारबाही गरिने छैन।

9. यस सूचनामा उल्लेख भएकोमा सोही बमोजिम र अन्य कुराको हकमा सार्वजानिक खरिद ऐन 2063 तथा सार्वजानिक खरिद नियमावली 2064 संशोधित बमोजिम हुनेछ।

10. उल्लेखित फारमहरुको डकुमेन्टमा संलग्न भएको चोकर र दाना प्रस्तावमा उल्लेखि भए बमोजिमका सबै शर्तहरु पुरा गर्नुपर्ने छ।

11. सिलबन्दी दरभाउ पत्र खरिद गर्न आउदा आधिकारीक व्यक्ति आफै आइ खरिद गर्नुपर्ने छ।

12. ठेकेदार पक्ष र कार्यालय पक्ष बीच बिवाद भएमा बाख्रा विकास फार्म चित्लाङको निर्णय अन्तिम हुनेछ।ठेक्का स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित हुनेछ।

13. सिलबन्दी दर भाउपत्र सम्बन्धी कुरा बुझ्न परेमा यस बाख्रा विकास फार्म चित्लाङ मकवानपुरमा सम्पर्क गर्न सकिनेछ।

 

ठेक्का विवरण तपशिल बमेजिम रहेको छ

क्र.सं.

दानाको किसिम    परिमाण/इकाइ

जमानत धरौटी जम्मा गर्ने रकम 

दरभाउ पत्र दस्तुर रु.

चोकर-27000 के.जि.

B2 दाना – १००० के.जि.

मकै दाना – ६००० के.जि. सबैको ढुवानी समेत

45,000/-

 

1000/-

 

Website Views: