आ.व.२०७८/०७९ को सूचि दर्ता सम्बन्धी सूचना

प्रकाशित मिति: २०२१-०७-२५

बाखा विकास फार्म चित्लाङ्ग मकवानपुरको सूचि दर्ता गर्ने सम्बन्धी सूचना

 

यस फार्मको आ.व. २०७८/०७९ मा आवश्यक पर्ने तपशिल बमोजिमका सामाग्री, सेवा तथा मर्मत कार्य आपूर्ति गराउन इच्छुक फर्म, कम्पनी वा संस्थाबाट सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ बमोजिम मौजूदा सूचि दर्ता (Standing List ) गर्नको लागि रु १० को टिकट टाँसी यस फार्मको जिन्सी (स्टोर) शाखामा रितपूर्वक आवेदन पेश गर्नहुन सबैमा यो सूचना प्रकाशित गरिएको छ।

 

तपशिल :

१. स्टेशनरी मसलन्द, छपाई, मुद्रण तथा पत्रपत्रिका सम्बन्धी कार्यहरु ।

२. कार्यालय संचालन तथा सरसफाईका सामान सम्बन्धी कार्यहरु ।

३. इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान सप्लाई तथा मर्मत सम्बन्धी कार्यहरु।

४. सूचना/ विज्ञापन प्रकाशन, श्रव्यदृश्य निर्माण तथा प्रशारण सम्बन्धी कार्यहरु ।

५. कम्प्युटर, प्रिन्टर, फोटोकपी, फ्याक्स, टेलिफोन र अन्य विद्युतीय उपकरण खरिद तथा मर्मतका कार्यहरु।

६. रङरोगन, प्लम्बिङ्ग, वाइरिङ्ग र सार्वजानिक निर्माण तथा मर्मत सम्भार सम्बन्धी कार्यहरु।

७. सवारी साधन तथा सोका पार्टपुर्जाहरु सप्लाई तथा मर्मत सम्बन्धी कार्यहरु।

८. फर्निचर, फ्लोरिङ्ग तथा फर्निसिङ्गका सामान आपूर्ति तथा मर्मत सम्बन्धी कार्यहरु ।

९. बाख्रा,भेडा तथा खरायोहरुलाई आवश्यक पर्ने औषधी तथा भेटनरी उपकरण आपूर्ति सम्बन्धी कार्यहरु ।

१०. बाख्रा,भेडा तथा खरायोहरुलाई आवश्यक पर्ने आहारा दाना, चोकर र पिना आपूर्ति सम्बन्धी कार्यहरु ।

११. खानेपानी सप्लाई सम्बन्धी कार्यहरु ।

१२. कृषि औजार तथा अन्य उपकरण सप्लाई सम्बन्धी कार्यहरु |                                    

१३. विभिन्न जातका एक तथा बहुबर्षिय घाँस र बिभिन्न डालेघाँसका विरुवा आपूर्ति सम्बन्धी कार्यहरु |

१४. इन्धन (डिजल मोबिल, पेटोल र ग्यास सप्लाई कार्यहरु।

निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरु:

 १. व्यवसायी संचालन ईजाजत प्रमाण पत्रको प्रतिलिपि।

 २. स्थायी लेखा नं. र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि।

 ३. आ.ब.२०७७/०७८ को कर चुक्ता प्रमाण पत्र वा कर चुक्ताको म्याद थप पत्रको प्रतिलिपि

 4. व्यवसायको नाममा रहेको बैंकको खाता नं. र चेकको प्रतिलिपि।

नोट : सूचि दर्ताको लागि निवेदन दिदा माथि उल्लेखित विषय र सि.नं. उल्लेख गरी आवेदन दिनुपर्ने छ । रीत नपुग आएका दरखास्तलाई मान्यता दिइनेछैन्।

 

 

डाउनलोड

Website Views: